तुलसीपुर, २ कार्तिक । दाङको तुलसीपुरस्थित त्रिसिद्धेश्वरी मन्दिर परिसरमा धर्मशाला निर्माण कार्य सम्पन्न भएको छ । त्रिसिद्धेश्वरी मन्दिर व्यवस्थापन समितिले गत वर्ष सञ्चालन गरेको श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञबाट सङ्कलन भएको ५८ लाख र समितिको ४ लाख गरी ६२ लाख रुपैयाँको लागतमा धर्मशाला निर्माण गरिएको हो ।

dharmasala-nirman-624x468विभिन्न व्यक्तिहरुको दानबाट १२ कोठाको सुविधासम्पन्न धर्मशाला निर्माण भएको समितिका अध्यक्ष देवराज धितालले जानकारी दिए । धर्मशाला निर्माण गर्न स्थानीयवासीले ५ सयदेखि २ लाखसम्म महायज्ञमा दान दिएका थिए ।

धर्मशालामा यात्रु, भक्तजन र विभिन्न स्थानबाट आएका पर्यटकलाई आश्रयस्थल प्रदान गरिने बताइएको छ । धर्मशालाको सांसद डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका छन् ।