बुटवलका विभिन्न होटलबाट शङ्कास्पद क्रियाकलाप गरेका ११ जोडीलाई प्रहरीले पक्राउ गरेको छ । नियमित जाँचका क्रममा इलाका प्रहरी कार्यालय बुटवलको टोलीले विभिन्न होटलबाट एघार एघार पुरुष र महिलालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए ।
