दाङ, २९ असोज । आमाबुवा गुमाएका दाङ घोराही नगरपालिका– ६ ढोडेनीका २ बालकहरुको पढाइका लागी मगर्स क्रियशन काठमाण्डौले १० हजार रुपैयाँ सहयोग गरेको छ । ति २ वालकको पढाइका लागी मगर पत्रकार संघ दाङले पहल थालेपछि मगर्स क्रियशनले वैकमार्फत उक्त सहयोग रकम पठाएको थियो ।

sssकमाउन भनी विदेशमा पुगेका बुवा चन्द्र वहादुर बुढा मगरको मृत्यु भएको २ वर्षमै आमा पवित्राको पनि हृदयघातका कारण मृत्यु भएपछि १० वर्षका सुरेन्द्र वुढा र उनका ५ बर्षका भाई शरदको विचल्ली भएको छ ।

उक्त रकम सुरेन्द्र र शरदलाइ हस्तान्तरण गरिएको संघका अध्यक्ष रेखा मगरले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर रहेको उक्त परिवारमा अभिभावकको मृत्युपछि समस्या थपिएको छ । घोराहीस्थित लालीगुराँस बोर्डिङ स्कुलमा अध्ययनरत सुरेन्द्र र शरदको घरबाटै स्कुल गएर पढ्न सक्ने अवस्था नरहेपछि होस्टेल सहितको विद्यालयमा पढाउने व्यवस्थाका लागी पहल भइरहेको छ ।।