fire

तुलसीपुर २९ असोज ।  दाङको तुलसीपुरमा रहेको ग्रील उद्योगमा आगलागी हुदा लाखौंको क्षती भएको छ । तुलसीपुर– ९ दोघरेमा रहेको चौधरी ग्रील उद्योगमा आज आगलागी हुदा लाखौको क्षती भएको शसस्त्र प्रहरी बेस तुलसीपुरका प्रहरी निरीक्षक धन्नजय केसीले जानकारी दिएका छन् ।

ग्रील उद्योगमा मोटसाईकलको स्टेन वेल्डीङगर्दा मोटरसाईकल पल्टीयर पेट्रोल पोखीएपछि आगोको झिल्काबाट सबै ठाउा आगो सल्कीएको प्रहरीले जानकारी दिएको छ । आगलागी बाट तुलसीपुर–९ नयाँ वस्तीका शिव वलीको भे २ प ३८ १२ नम्वरको स्पेलेण्डर मोटरसाईकल पुर्णरुपले जलेको छ भने ग्रील उद्योगमा र दोघरे निवासी गोकर्ण डाँगीको घरमा पनि क्षती पुगेको प्रहरीले जनाएको छ ।

ग्रील उद्योग सञ्चालक लक्ष्मी चौधरीका अनुसार उद्योगका विभीन्न मेसीनहरु, मोवाईल, मोटसाइकल जलेका छन् । समयमै आगोनियन्त्रणमा लिएका कारण मानवीय क्षेती भने भएन । आगलागी हुनासाथ घटना स्थलमा प्रहरी र दमकल पुगेको थियो । तुलसीपुर नगरपालिकाको दमकल, नेपाल प्रहरी शसस्त्र प्रहरी र स्थानीय वासीको सक्रियतामा आगोनियन्त्रमा लिएको हो ।