कुशुम विक /  बर्दिया
बर्दिया २८  असोज ।  राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका  नेपाली सेनाका एक जना जवानको मृत्यु भएको छ ।

sab2
फाइल तस्वीर

भक्तपुर घर भइ बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षाको लागी निकुञ्ज भित्र रहेको रणशार्दुल गणमा कार्यरत नेपाली सेनाका सिपाही अन्दाजी ३५ वर्षिय जनक खडका ठाकुरद्धारा गाविसको वार्ड न ५ र ६ को विचमा पर्ने पटुकुलोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले  जनाएको छ ।

मृत्यु के कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीको भनाइ  छ ।