giriraj-mani-pokharel-e1446128313551महोत्तरी, २७ असोज ।  नेकपा माओवादी केन्द्रका सचिव एवम् पूर्वमन्त्री गिरीराजमणि पोखरेलले असन्तुष्टको माग सम्बोधन गर्नका लागि सरकारले तिहार अगाडि नै संविधान संशोधन गर्ने गृहकार्य सुरु गरेको बताउनुभएको छ ।

बुधबार महोत्तरीको विजलपुरामा भएको कार्यकर्ता भेटघाट एवम् दसैँ, तिहार तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमालेलाई समेत सहमतिमा ल्याएर तिहार अगाडि संविधान संशोधन प्रक्रियामा सरकार जुट्ने बताउनुभयो ।