शरीरको तौल बढेर अहिले जो कोही पनि हैरान भएको छ । व्यस्त जिवनशैली अनि खानपीनको लापरबाहीले गर्दा मोटोपनको समस्या दिनहु बढिरहेको छ । शारीरिक व्यायमको कमीले मोटोपन समस्याको रुपमा उत्पन्न भइसकेको छ ।

timthumbदक्षिण एशियाली राष्ट्रहरुमा भात र चिउराको अत्यीधक प्रयोग हुने कारणले शरीरमा कार्वोहाइड्रेटको मात्रा बढ्ने र शरीर मोटाउने समस्या रहेको नेपाल प्रहरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डाक्टर मनोज यादवको भनाई छ ।

उनि भन्छन्‘मुला,गाजर,स्याउ,सुन्तला,काक्रो लगायतका फलपूल र हरीयो सव्जीको प्रयोग गर्ने गरेमा शरीरको तौंल घट्छ अनि यो संगै दिनमा तीस मिनेट व्यायाम गर्नु पनि जरुरी छ।’इच्छाशत्ति सबैभन्दा ठुलो कुरा भएको उनको तर्क छ ।डा यादव थप्छन्‘दाल,गेडागुडीको प्रयोग धेरै गर्ने गर्नुपर्छ । जसले गर्दा भात कम खाइन्छ अनि दैनिक रुपमा थाक्ने गरी व्यायाम गर्ने हो भने मोटोपनको समस्या कहिले पनि हुदैन’।

मोटोपन घटाउने मुख्य तरिका यस्ता छन् :
(१) हरेक दिन बिहान एक चम्चा धनियालाई एक गिलास मनतातो पानीमा हालेर खानुपर्छ
जसले गर्दा तौल घटाउन सहयोग गर्छ ।
(२) मेवाले शरिरको तौल घटाउन सहयोग गर्छ । यसको प्रयोगले पेटको मोटोपनलाई घटाउछ ।
(३) पुदीनाले रगत संचालनमा सहयोग गर्छ । यसले शरिरलाई हल्का बनाउछ ।
(४) तुलसीले तौल घटउछ र इम्युनिटी पावर पनि बढाउछ ।
(५) माटोपन घटाउनका लागि कागती अचुक औषधी नै हो । हरेक दिन बिहान कागती पानी खाने गर्नुपर्छ ।
(६) शरीरको मोटोपन घटाउन हरेक दिन दही खानुपर्छ ।
(७) हरेक दिन २ सय ग्राम गोलभेडाको जुस खाएमा यसले शरीरको तौल घटाउछ ।
(८) टुसा उम्रेको गेडागुडीले शरिरलाई फाइदा गर्छ । यसमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले गर्दा शरिरको मोटोपनलाई घटाउछ ।
(९) बन्दा र काउलीको प्रयोग बढी भन्दा बढी गर्नुपर्छ । यसमा फाइबर बढी हुन्छ र क्यालोरी कम हुन्छ । यो खाएपछि पेट चाडो भरिन्छ र भोक        ढिलो लाग्छ ।
(१०) नरिवलको तेलले शरिरको क्यालोरी खर्च गर्न मद्धत गर्छ जसले गर्दा तौल कम हुन्छ ।