रौतहाट, २६ असोज । ना ३२ प ७३५० नम्बरको पल्सर मोटरसाइकलको सिटमुनी आधि किलोचरेस र ३ थान थिनटथ्री राइफलमा लाग्ने गोली बोकेर हिड्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
भसेडवा गाविस वडा नम्बर ६ का भूपेन्द्र महतो चन्द्रनिगाहपुर सडक खण्डमा रहेको सन्तपुरस्थित मतिऔन चौकमा सशस्त्र प्रहरीको सुरक्षा जाँचको क्रममा पक्राउ परेका हुन् ।
विशेष सूचना आधारमा महतोलाई पक्राउ गरिएको सन्तपुर बेस क्याम्पका डिएसपी विकास सिलवालले जानकारी दिए ।
