राजविराज – सप्तरीको बभनगामाकट्टी–३ स्थित कोशी नगरको पश्चिम किनारमा मङ्गलवार एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार करिब ३० वर्षीय युवकको शव पहिचान हुन सकेको छैन ।
भेष्ट र हाफ पेन्ट लगाएको ती युवकको शव सडे गलेको अवस्थामा भेटिएको सप्तरीका प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् । उनका अनुसार शवको पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ ।
