gyanendra1

काठमाडौं, २२ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई भारतमुखी बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार साँझ दशैंको शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले परिपक्व परराष्ट्र नीति तर्जुमा गर्न नसकि मुलुकलाई कुनै एक देशको पक्षमा उभ्याएको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले परिपक्व परराष्ट्र नीति तर्जुमा गर्न दलहरुलाई सुझाव समेत दिएका छन् ।

बितेको दशकभित्र जनताका आवश्यकता पूरा नभएको भन्दै शक्ति सन्तुलनका आधारमा अघि बढ्नुपर्नेमा उनको जोड छ । साथै पूर्वराजा ज्ञानेन्द्रले वर्तमान सरकारलाई विभिन्न सातवटा प्रश्न सोधेका छन् । पूर्वराजा ज्ञानेन्द्रले उठाएका ७ प्रश्नहरु यस्ता छन्ः

बितेका दशकभित्र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन भयो त ?

२. राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो भयो त ?
३. भ्रष्ट्राचार, अनियमितता, ढीलासुस्ती, दण्डहीनताको अन्त्य गर जनमुखी शासन, प्रशासन प्रारम्भ गरियो त ?
४. विकास, निर्माण र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाइयो त ?
५ . परिपक्क परराष्ट्र नीति तर्जूमा गरेर देशको स्वाभिमान र स्वार्थ रक्षा गरियो त ?
६. घर, परिवार छाडेर पराया भूमिमा पसीना बगाउनुपर्ने बाध्यताबाट नेपाली युवाहरुलाई मुक्त गरियो त ?
७. अपराध र अपराधीकरणलाई निरुत्साहित गरियो ? या जनताका निम्ति के(के गरिए ?
माथिका यी प्रश्नहरुको समीक्षा गर्न अब विलम्व भैसकेको पूर्वराजाले बताएका छन् ।
(