birda-bhattaदाङ २२ असोज ।  दसैं को रौनक छाइरहदा सामाजिक सुरक्षाबाफतको भत्ता बुझ्ने लक्षित समूह भने यतिबेला निरास छन् । दसैं मनाउने गरी सरकारले सामाजिक सुरक्षा भत्ता बितरण नगर्दा उनीहरुको दसैं खल्लो बनेको छ ।

सरकारले ठूला चार्डपर्व मनाउन सहयोग पु¥याउने उद्देश्यले दसैं अगाडि नै सामाजिक सुरक्षाबाफतको भत्ता बितरण गर्ने योजना बनाएको हुन्छ । तर, विभिन्न कारण देखाउँदै स्थानीय निकायले समयमै लक्षित वर्गको हातमा भत्ता बुझाउन सकेको छैन ।

सामाजिक सुरक्षा भत्तामा देखीएको अनियमीततालाई रोक्नका लागि यस वर्ष वाट वैंकीङ प्रणाली वाट भत्ता वितरण गर्ने तयारी गरेका कारण ढिलाई भएको दाङका स्थानियको दावि रहेको छ । कम्प्युटर सफ्टवयरमा डाटा राख्ने काम सकिएको र अब सिस्टममा राख्न वाँकी रहेकाले केही समयमै भत्ता वितरणको प्रकृया बढाइने जनाइएको छ ।

बिगतका केही वर्षहरुमा जस्तै यो वर्ष पनि दसैं अगाडि लक्षित समूहका व्यक्तिहरुले भत्ता प्राप्त गर्न सकेका छैनन् । सामाजिक सुरक्षाबाफतको भत्ता बुझेर दसैं खर्च टार्ने योजना बनाएका जेष्ठ नागरिक, विधुवा तथा एकल महिला, पूर्ण तथा आंशीक अपाङ्गता भएका व्यक्तिहरु निरास भएका छन् । सरकारले प्रत्येक चौमासिकमा सामाजिक सुरक्षा भत्ता बितरण गर्छ । सरकारले पहिलो चौमासिकअन्तगैतको भत्ता दसैं अगाडि नै बितरण गर्ने नीति बनाएको छ ।