काठमाडौँ– बालाजुको वाइपास नजिकै बमजस्तै संकास्पद बस्तु फेला परेको छ । उक्त बस्तु बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

hand-grenade-bomb-263x156प्रहरीका अनुसार बाइपासबाट करिब ५० मिटर अगाडी नेपालटार जानेबाटोमा भेटिएको उक्त बस्तु ह्याण्ड ग्रिनेड भएको आशंका गरिएको छ । त्यसका कारण उक्त बाटो भएर आवतजावत गर्ने यातायात अवरुद्ध भएको छ ।

दशैँको मुखमा राजधानीमै रहेको नेपाली सेनाको व्यारेक नजिकै यस्तो संकास्पद वस्तु भेटिएपछि स्थानियवासी त्रसीत भएका छन् ।