काठमडौ १९ असोज । हिजो शुरु भएको नेपाल भारत प्रबुद्ध समूहको बैठक आज पनि जारी रहनेछ । भारतको राजधानी दिल्लीमा जारी बैठकमा नेपालले हिजो सन् १९५० को सन्धि पुनरावलोकनको ठोस प्रस्ताव राखेको छ ।
नेपाली पक्षले जारी बैठकमासन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई समयानुकूल संशोधन एवं पुनरावलोकन गर्ने विषयलाई पहिलो प्राथमिकता बनाउने नेपाली प्रवुद्ध समूहका एक सदस्य जानकारी दिए । यो सन्धिलगायत सबै दुईपक्षीय अरु विभिन्न सन्धि एवं सम्झौता पुनरावलोकनका लागि बनेको प्रवुद्ध समूहको दोस्रो बैठक दिल्लीमा भएको हो ।
यसअघि भएको पहिलो परिचयात्मक बैठक नेपालमा भएको थियो । त्यो बैठकमा दुई पक्षबीच राजनीतिक विषय, दुई सरकारबीचको सम्बन्ध, आर्थिक–व्यापार, सांस्कृतिक तथा कनेक्टिभिटी र पारवहनको विषयमा सदस्यबीच काम बाँडफाँड गरेर अगाडि बढ्ने सहमति भएको थियो ।
