दाङ, १९ असोज । यस बर्षको दशैमा दाङबाट बाहिरीने तथा काठमडौ बाट दाङ आउने यात्रुहरुले बिगतका बर्षहरुमा जस्तो शास्ति खेप्नु पर्ने बाध्यता टरेको छ । दाङ–काठमडौमा नयाँ यातायात प्रालिहरुले समेत गाडि सञ्चालन गरेसंगै यातायात सेवा सहज बनेको हो ।
yatra
अहिले बिगतका बर्षहरुजस्तो टिकेट पाउन गाह्रो नभएको यात्रुले बताएका छन् । प्रालिले दाङ–काठमडौमा डिलक्स गाडि सञ्चालन गरेसंगै राप्तीको पहिलो समिति राप्ती अञ्चल सार्बजनिक यातायात बस ब्यबसायी समितिले पनि सुविधा सम्पन्न गाडि भित्र्याएको छ ।

यसै बर्ष देखी तुलसीपुर मिनी माईक्रो बस ब्यबसायी समितिले दाङ–काठमडौ बस सञ्चालनमा ल्याएको छ । जस्ले गर्दा यसपालि पहिलेको जस्तो गाडि पाउन मुस्किल छैन । त्यस्तै मालिका कालिका यातायात प्रालीले पनि दैनिक ८ वटा डिलक्स गाडि दाङ–काठमडौका लागि सञ्चालन गर्दै आएको छ । तिब्र प्रतिसपर्धा सधै जिल्लामा नयाँ यातायात प्रालिले दाङ–काठमडौका लागि यातायात सञ्चालनमा ल्यापछि यस बर्ष काठमाण्डौ बाट दाङ आउने यात्रुहरुले अघिल्लो बर्षहरुमा जस्तो सास्ति बेहोर्नु परेको छैन ।।