jala-bidhutकाठमाडौँ, १९ असोज ।  ऊर्जामन्त्री जनार्दन शर्माले कम्पनीमार्फत निर्माण भएका जलविद्युत् आयोजना सस्तो र छिटो निर्माण हुने गरेकाले आउँदा दिनमा राष्ट्रिय महìव बोेकेका जलविद्युत् आयोजनालाई कम्पनी मोडलमा निर्माण गरिने बताउनुभएको छ ।

नेपालको जलविद्युत् विकासमा चिलिमे र माथिल्लो तामाकोसी आयोजना सफल रहेकोले सरकारले सबैको लगानी हुने गरी अरू आयोजनाको पनि कम्पनी प्रारूपमा आयोजना निर्माण गरिने उहाँले बताउनुभएको छ ।

मङ्गलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आयोजनाको अवस्था हेरी सार्वजनिक निजी साझेदारी ९पीपीपी० मोडलमा काम अगाडि बढाइने जानकारी दिनुभयो । उहाँले हाल नेपाल विद्युत् प्राधिकरणबाट भइरहेका काम त्यति सन्तोषजनक नरहेको बताउनुभयो ।
उहाँले बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनालाई पनि कम्पनी प्रारूपमा निर्माण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

मन्त्री शर्माले ३३५ मेगावाटको माथिल्लो अरुण, ३०० मेगावाटको उत्तरगङ्गा, ६४० मेगावाटको दूधकोसी, ८७ मेगावाटको तामाकोसी ५ आयोजनालगायत दुई हजार पाँच सय मेगावाट क्षमताका आयोजना कम्पनी प्रारूपमा निर्माण हुने जानकारी दिँदै उहाँले निर्माण हुने आयोजनामा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका विभिन्न वित्तीय संस्था र नेपाली सेनाका अतिरिक्त अन्य संस्थागत क्षेत्रको लगानी जलविद्युत्मा परिचालन गर्ने योजनामा सरकारले तयारी गरिरहेको जानकारी दिनुभयो ।