शरद रेग्मी, तुलसीपुर १९ असोज । दाङको तुलसीपुरमा जारी क्लीन तुलसीपुर ग्रीन तुलसीपुर अभियान दशैंको दिनमा पनि जारी रहने भएको छ । मंगलवार क्लीन तुलसीपुर ग्रीन तुलसीपुर अभियानको सातौं सप्ताहा क्रममा त्यस्तो जानकारी दिइएको हो । अभियानका प्रमुख अभियान्ता तुलसीपुर नगरपालिका र तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुले दशैंको दिनमा परेको ८औं सरसफाई अभियानका दिन पवित्र धार्मिक स्थल त्रिशिद्धेश्वरी मन्दिर परिसरको सरसफाई गरिने जानकारी दिइएको हो ।
लसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं अभियानका संयोजक विमल रिजालले ७औं हप्ताको सरसफाई समापन कार्यक्रमलाई सम्वोधनगर्दै दशैंको दिनमा पनि अभियान जारी रहने जानकारी दिएका हुन । उनले भने ‘ क्लीन तुलसीपुर ग्रीन तुलसीपुर अभियान निरन्तर चल्ले अभियान हो , यो जुन सुकै अवस्थामा पनि रोकिने छैन , चाडवाडमा पनि निरन्तर चलिरहने छ ।’ उनले ८औं हप्ताको सरसफाई अभियान विजयादशमीको दिन परेकोले उक्त दिन विहान सातवजे देखि मन्दिर परिसरमा सरसफाई हुने बताए ।
सातौं हप्तामा तुलसीपुरको एक मात्र खेल मैदान अरनीको मैदान र नगरपालिका अगाडिको पार्कको सरसफाई गरिएको थियो । दर्जनौ सामाजिक संघ संस्था, विभिन्न टोल विकास समिति र सुरक्षा निकायको सहकार्यमा जारी रहेको अभियानले तुलसीपुरको फोहोर व्यवस्थापन र सुन्दरतामा उल्लेखनिय सुधार आएको संयोजक रिजालले बताएका थिए ।
मंगलवारको अभियानमा १९ नम्बर वाहिनीपति विनोद
पाण्डे, तुलसीपुर नगरपालिकका कार्यकारी अधिकृत टोपेन्द्र केसी, नागरिक समाजका संयोजक टिकाराम रेग्मी, राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सदस्य भरत भण्डारी लगायत विभिन्न टोल, संघसंस्थाका प्रतिनिधि, कार्यालय प्रमुखहरु, यसक्षेत्रका उद्योगि व्यापारी लगायतको सहभागिता थियो ।