तुलसीपुर १९ असोज । नेपाली काँग्रेस क्षेत्रनं ५ का सभापति स्वर्गीय वसन्त देवकोटाको नाममा ट्रष्ट स्थापना गर्न काँग्रेस कार्यकर्ताले नेतृत्व संग माग गरेका छन ।
देवकोटाको स्मृतिमा मङगलावर उनको निवासमा नेपाली काँँग्रेस दाङले आयोजना गरेको शोकसभाका बक्ताहरुले देवकोटाले पार्टीमा गरेको योगदानको कदर स्वरुप उनको नाममा ट्रष्ट स्थापनागर्न माग गरेका हुन ।
बक्ताहरुले निस्वार्थरुपमा आजीवन प्रजातन्त्रको खातिर जीवन सर्मपन गरेकोले उनको सम्मान हुनुपर्नै बताएका हुन । काँग्रेसको होलटाइमर काँग्रेस कार्यकर्ताको रुपमा कामगरेका स्वर्गीय देवकोटाको नाममा ट्रष्ट स्थापना गरि समाजिक क्षेत्रमा क्रियासिल हुन चाहाने युवाहरुलाई उत्प्रेणा दिन्पर्ने बक्ताहरुको धारणा थियो ।
पञ्चायत कालदेखि देवकोटा प्रजाचन्त्रको लागि संघर्ष गर्दै आएका व्यक्ति भएकोले उनको निष्ठाको राजनीतिको सम्मान हुनुपर्ने माग बक्ताहरुले गरेका थिए । निजी स्वार्थहरु त्यागेर काँग्रेसको हकहितमा लाग्ने देवकोटा एउटा कुशल संगठक रहेको बक्ताहरुले स्मरण गरेका थिए ।
शोकसभालाई काँग्रेस दाङका निवर्तमान सभापति घनश्याम रेग्मी, पूर्वसभापति विरकेश्वरी गौतम, पूर्व सांसद गेहेन्द्र गिरी, सांसदहरु राजु खनाल, अनिता देवकोटा, डिल्लीवहादुर चौधरी राजनीतिक परिवर्तनका लागि भएका हरेक समयमा भएका आन्दोलनहरुमा देवकोटा एउटा अग्लो खम्वाका रुपमा प्रस्तुत हुने गरेको स्मरण गरेका थिए । देवकोटाको निधनले काँँँग्रेसले एउटा उर्जावान नेता र प्रेणाको श्रोत गुमाएको उनीहरुले बताएका थिए ।
स्वर्गीय वसन्त देवकोटापरिवार र देवकोटाको नाममा स्थापना गरिने ट्रष्टका वारेमा सिंचाई मन्त्री दिपक गिरी र केन्द्रमा समेत सल्लाह गर्ने नेताहरुले प्रतिवद्धता जाहेर गरेका थिए । शोकसभामा काँग्रेसका केन्द्रीय सदस्य एवं सिंचाई मन्त्री गिरीले पठाएको श्रद्धाञ्जली वक्तव्य उनका सोकिय सचिव युवराज डिसीले प्रस्तुत गरेका थिए ।
शोकसभा नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको सभापतित्वमा भएको हो । शोकसभामा पुर्वजिल्ला विकास समितिका सभापति भरत केसी,महासमिति सदस्यहरु सदस्य तेजबहादुर वस्नेत, केशव आचार्य , गोकर्ण डाँगी , नेताहरु नन्दन शर्मा, मदन रसिक,स्वर्गीय देवकोटाका काका गोपाल देवकोटा,क्षेत्र नं. ४ का सभापति जगतबहादुर खडका , क्षेत्र नं. ३ का सभापति भुपवहादुर डाँगी ,क्षेत्र नं. २ का सभापति गिरीराज सुवेदी, काँग्रेस जिल्ला कार्यसमिति सदस्यहरु ताराबहादुर कार्की, हरिहर पौडेल,अर्जुन योगी , राजु आचार्य लगायले स्वर्गिय देवकोटाले पार्टीमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
उक्त शोकसभालाई नेपाल महिला संघकी केन्द्रीय सदस्य गिरीजा न्यौपाने,नेपाल महिला संघ दाङकी अध्यक्ष गोमा रावत,ट्रेड युनियन काँग्रेसका वमबहादुर डिसी,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शेसुराम भण्डारी, पुर्व जिल्ला सदस्य यज्ञनारायण आचार्य, महादिवेशन प्रतिनिधि चेतवहादुर शेर्पाईली,नेपाल शिक्षक संघ रोल्पा अध्यक्ष निर्मल डिसी, क्षेत्र नं. ५का उपसभापति घनश्याम ढकाल,पवननगर ईकाई सभापति फल्कुदत्त भण्डारी,नेपाल तरुणदल दाङका अध्यक्ष टिका घर्तीले स्वर्गिय देवकोटाको जीवन शैलि र पार्टीमा गरेको योगदानको स्मरण गरेका थिए । त्यस्तै क्षेत्रनं ५का सचिव द्धय चुडामणि ढकाल,जिवराज खराल,क्षेत्र नं. ३का सचिव कमल गौतम,सुशील आचार्य,श्रीगाउँ ईकाई सभापति हर्कवहादुर वुढाथोकी,वागमारे ईकाई सभापति रुद्रवहादुर डाँगी,पुरन्धारा ईकाइ सभापति वलवहादुर वुढा, वडा इकाई सभापतिहरु रत्न वहादुर भण्डारी,लिलामणि गौतम, दलित संघ क्षेत्र नं. ५का सभापति निमवहादुर नेपाली,शिक्षक संघ क्षेत्र नं. ५का अध्यक्ष रामवहादुर केसी,वन महासंघ दाङका सभापति शोभाखर सापकोटा,गणेशमान चिन्तन केन्द्रका निर्मल गौतम लगाएतले स्वर्गिय देवकोटाले राजनीतिक परिवर्तनमा खेलको भूमिकाका साथै समाजिक रुपमान्तरणमा खेलेको भूमिकाको चर्चा गरेका थिए ।
शोकसभामा स्वर्गिय देवकोटाका भाई द्रोण देवकोटाले परिवारका तर्फवाट शोकसभाका नेता कार्यकर्ता एवं शुभचिन्तकहरुका लागि धन्यावाद मनतब्य व्यक्त गरेका थिए । उक्त शोकसभाको सहजीकरण नेपाली काँग्रेस दाङका सचिव शंकर प्रशाद डाँगीले गरेका थिए ।
