कुसुम बिक/ बर्दिया

विकासका लागी एकमत हुनुपेर्ने आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताउनु भएको छ । बर्दियाको गुुलरियामा होटल अर्गनाइजेसन बर्दिया र पर्यटन पत्रकार सघ बर्दियाको सयुक्त आयोजनामा होेटल व्यवसायीहरुको पुर्वाधार पर्यटन पवद्र्धन र अतिथि सस्कार र विजया दशमी तथा शुभ दिपावली छठ पर्वको अवसरमा सुभ कामना आदान प्रदान कार्यक्रममा वोल्दै सो कुरा बताउनु भएको हो ।

14600852_1184880554923224_7322120161081154712_nसाथै उहाले पर्यटन पर्वद्धन गर्नका लागी होटल व्यवसायी हरुको पनि महत्वपुर्ण भुमिका रहेको भन्दै प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले कुनै पनि काम गर्दा सकारात्मक सोचका साथ कार्य गरेमा समाजका लागी सन्देश मुलक हुने बताउनु भयो ।

कार्यक्रममा उद्योग वाणिज्य सघका अध्यक्ष अमर बहादुर खडकाले व्यापार व्यवसायीलाइ नाफा मुलक मात्र नभइ सेवा मुखि पनि हुनु पर्नेमा जोड दिनु भयो । होटल व्यवसायी महासघका निवर्तमान महासचिव भाष्कर काफलेले होटल व्यवसायी आफैमा चुनौतिको व्यवसायी भएको भन्दै , बर्दिया पर्यटनको सम्भावना भएको बताउदै यसलाइ पहिचान गर्न र प्रचार प्रसार गर्न आवश्यक रहेको बताउनु भयो ।

होटल व्यवसायी सघ बाकेका अध्यक्ष निमबहादुर थापा , नागरिक समाज सन्जालका सयोजक वालकृष्ण ओली , गैर सरकारी सस्था महासघका अध्यक्ष विष्णु तिमिल्सिना , क्रियाशिल पत्रकार महिला जिल्ला शाखा बर्दियाका अध्यक्ष कुशुम विक , होटल अर्गनाइजेसन बर्दियाका अध्यक्ष तुल्सि प्रसाद तिमिल्सिना लगायतकाले हरुले पनि सुभकामना आदान प्रदान गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण पर्यटन पत्रकार सघ जिल्ला शाखा बर्दियाका अध्यक्ष दिपक शर्माले गर्नु भएको थियो