प्युठान, २६ बैशाख
प्यूठानमा खोलाले जिप वगाउँदा दाङका एकै परिवारका चार जनाको मृत्यु भएको छ । अन्य चारजनाको कोहल्ऽपुरमा उपचार भइरहेको छ । स्वर्गद्धारी मन्दिर दर्शन गरेर घरतर्फ फर्कदै गर्दा भिंगृ–१ स्थित मुहानखोल्ऽाल्ऽे बगाउँदा दाङ तुल्ऽसीपुर–१९ उरहरीका एकै घर परिवारका तीन ४ जनाको मृत्यु भएको हो ।
बा १४ च ३८३९ नम्वरको स्कारपीओ जिपल्ऽाई स्थानीय ठाडो खोलाले बगाउँदा ५० वर्षीय बाबु सुकदेव खनाल्ऽ, उहाँकी १९ वर्षीया छोरी विमल्ऽा खनाल्ऽ, छोरी १२ वर्षीया अस्मिता खनाल्ऽ र आमा ६५ वर्षीया दुवा खनाल्ऽको घटनास्थल्ऽमै मृत्यु भएको अञ्चल्ऽ प्रहरी कार्याल्ऽय राप्तीका प्रवक्ता तुल्ऽवहादुर कार्कील्ऽे जानकारी दिनुभयो
दुवाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो । उनीहरु शनिवार विहान सवा पाँच वजे मात्रै स्वर्गद्धारीको दर्शनको ल्ऽागि घरवाट त्यता गएका थिए । स्वर्गद्धारी दर्शन पछि घर फर्किदै गर्दा जिपल्ऽाई खोल्ऽाल्ऽे बगाउँदा उक्त दुःखद दुर्घटना भएको थियो । शनिवारको वर्षाल्ऽे वाटो निर्माणगर्दै गरेको स्थानमा माथिवाट हिल्ऽो सहितको ल्ऽेदोमा गाडी फसेपछि आएको वाढील्ऽे उनीहरु सवार स्कार्पियो बगाएको थियो ।
दुर्घटनामा परी खनाल्ऽ परिवारकै थप चार जना घाईते भएका छन् । मृतक सुकदेव खनाल्ऽकी श्रीमती ४६ वर्र्षीया कौशिल्ऽा खनाल्ऽ, साईल्ऽी छोरी २२ वर्षीया शारदा खनाल्ऽ, माईल्ऽी छोरी २६ वर्षीया बशन्ता खनाल्ऽ, र भाई वुहारी ३५ वर्षीया कमल्ऽा खनाल्ऽ घाईते छन् ।