बुटवल १८ असोज । रुपन्देहीमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत सालझण्डी–७ पिपलडाँडामा लु १ ख ९२८९ नम्बरको बस र लु ६ प ७३०६ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन् ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार सैनामैना–३ मुर्गियाका २२ वर्षका मिनप्रसाद भण्डारी र २० वर्षका विकास बस्नेतको ज्यान गएको हो । चालक र बस प्रहरीको नियन्त्रणमा छन् ।
