बाँके, १७ असोज । जव चाडपर्व आउछ कर्णालीका जिल्लाहरुमा चामल पुगेन र यो वर्षको चाडपर्वमा कर्णालीवासीले भात खाना पाउने भएनन् भन्ने उठ्छ । यो वर्ष पनि यो विषय उठिरहेको छ ।

4952b2289b06ce5530aeb4371c4e1a89यो सँगै चाडपर्वका बेला सर्वसाधारणले भोकमरीको समस्या बेहोर्नु नपरोस् भनेर खाद्य संस्थानले कर्णालीका लागि हवाई मार्गबाट खाद्यान्न ढुवानी सुरु गरेको छ । दसैँ र तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर संस्थानले दुर्गम कर्णालीमा हवाई मार्गबाट खाद्यान्न ढुवानी सुरु गरेको हो ।

कर्णालीका पाँचवटै जिल्लामा खाद्यान्न ढुवानी भइरहेको जनाउँदैै हुम्ला, डोल्पा र मुगु जिल्लामा हवाई मार्गबाट ढुवानी भइरहेको नेपालगञ्जस्थित खाद्य संस्थानको अन्चल कार्यालयले जनाएको छ ।

कर्णालीका लागि सम्पूर्ण खाद्यान्न ढुवानी सर्खेतबाट गराइरहेको जनाउँदै खाद्य संस्थानको अन्चल कार्यालय नेपालगञ्जले कालिकोट र जुम्लाका लागि स्थलमार्र्गबाट खाद्यान्न ढुवानी भइरहेको छ ।

दसैँअघि नै कर्णालीका सबै जिल्लामा खाद्यान्न पठाइ सकिने समेत अञ्चल कार्यालयले जनाएको छ । कर्णालीका केही जिल्लामा अझै पनि खाद्यान्न मौज्दात रहेको नेपाल खाद्य संस्थान सुर्खेत शाखाले जानकारी दिएको छ ।

डोल्पामा एक हजार ५ सय क्विन्टल र मुगुमा ६ हजार क्विन्टल चालम अहिले पनि मौज्दात रहेपनि ती जिल्लामा खाद्यान्न पठाउने काम सुरु गरिएको सुर्खेत शाखाको भनाई छ ।