इन्द्रेणी संवाददाता
घोराही, १७ असोज । नगर क्षेत्रमा विभिन्न तवरले शान्ति सुरक्षामा खलल् पु¥याउने २ सय ८४ जनालाई वडा प्रहरी कार्यालय घोराही दाङले कारवाही गरेको छ । बैशाखदेखि हालसम्म मादक पदार्थ तथा लागु औषध सेवन गरी अथवा नगरी शान्ति सुरक्षामा खलल् पु¥याउने ३४ महिलासहित २ सय ८४ जनालाई कारवाहीेको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख सुर्य थापाले जानकारी दिए ।
आज कार्यकक्षमा विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रममा थापाले २ सय ८४ मध्य ३७ जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाएको बताए । मादक पदार्थ नियन्त्रण यहाँको खुख्य चुनौती भएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि प्रहरीले अभियान नै सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।
त्यस्तै बैशाखदेखि हालसम्म वडा प्रहरीमा २ सय ८३ वटा ठाडा उजुरी परेका छन् । जसमध्ये २ सय ६५ वटा वडाबाटै समाधान भएको र बाँकी १८ वटा जिल्लामा पठाइएको थापाले बताए । त्यस्तै घोराहीका विभिन्न क्षेत्रबाट जुवा तास खेल्ने १६ जनालाई पक्राउ गरी कारवाही गरिएको र सो क्रममा ७४ हजार ३ सय ८५ रुपैयाँ बरामत गरिएको छ । लागुऔषध विक्री वितरण गर्ने ३ महिलासहित ८ जनालाई पक्राउ गरी कारवाही गरिएको र उनीहरुबाट ७.२३८ ग्राम ब्राउनसुगर, ६.१७० केजी गाँजा बरामत गरिएको वडा प्रहरीले जनाएको छ ।
विभिन्न क्षेत्रबाट सवारी चेकजाँचबाट २ सय २३ वटा सवारीलाई कारवाहीका लागि ट्राफिक प्रहरीमा पठाइएको र सो वाफत १ लाख ६८ हजार ६ सय रुपैयाँ राजस्व संकलन भएको, अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन्मा संलग्न ६ टेकटरलाई कारवाहीका लागि जिविसमा पठाइएको र सोबाट ३० हजार राजस्व संकलन भएको प्रहरीले जनाएको छ । त्यस्तै ५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
लागु औषध नियन्त्रणका लागि समुदायमा विभिन्न सेचेतनाका कार्यक्रम पनि सञ्चालन गरिएको वडा प्रमुख थापाले बताए ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले चाडपर्वको समयमा अन्य समयभन्दा वढी अपराधिक घटना हुन सक्ने भन्दै यसमा अझ सजक र क्रियाशील हुने प्रहरीलाई सुझाव दिएका थिए ।