काठामाडौं । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालद्धारा लिखित ‘मेरो पत्रकारिता’ नामक पुस्तकको विमोचन भएको छ । पुस्तकका प्रधानमन्त्री दाहाल, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, वरिष्ठ पत्रकारद्धय होमनाथ दाहाल र किशोर नेपालले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
पुस्तकमा दाहालको पत्रकारिता जीवनको समग्र घटनाक्रम, पत्रकारितामा लाग्दाका चुनौतीहरु, राष्ट्रका चर्चित हस्तिहरुसंगको अन्तरंग स्वभाव , अनेक राजनीतिक रहस्यहरुको अनावरण साथै पत्रकारिता सिद्धान्त र व्यवहार ‘मेरो पत्रकारिता’मा समोवेश गरिएको छ ।
दाहालको ४ सय ८२ पृष्ठ रहेको ‘मेरो पत्रकारिता’ मा विभिन्न विषयहरुलाई १५ खण्डमा विभाजन गरिएको छ । सूचना चौतारी सञ्चार सहकारी संस्था लि.को प्रकाशक एवं हरेकपल डट कमका प्रधानसम्पादक समेत रहेका दाहालको ‘मेरो पत्रकारिता’ दाहालको समकालिन पुस्ता र नयाँ पुस्ताका लागी पढ्नै पर्ने पुस्तक रोचक छ ।
दाहाल २०३० दशकमा नेपाली पत्रकारिता प्रवेश गरेका हुन र २०४६ सालको परिवर्तनपछि रेडियो नेपालको घटना र विचार कार्यक्रमबाट चर्चामा आएका हुन् ।





