शान्त कुमार बुढा मगर
बैशाख २५ देउखुरी । प्राय सबै स्कुलमा विद्यार्थी भर्ना गरेर पढाई सुरु भएको पनि करिब आधा महिना बितिसकेको छ तर राजपुर गा.वि.सको वडा नं,९ मा पार्ने गौरीशंकर नि.मा.वि.भैसाही नाकामा भने निजि शिक्षक हरुको आन्दोलनका कारण अहिले सम्म विद्यार्थी भर्ना हुन सकेको छैन । निजि स्रोतमा पढाउदै आएका शिक्षकहरुले करिब अठार महिना देखिको तलब नपाए पछि गत बैशाख देखि आन्दोलनमा उत्रिएका हुन ।
13140908_1350451378316984_501149496_n
स्थानीय सामुदायिक वन श्री सिमगजेरी सा ब ऊ स भैसहि बाट तलब खाई रहेका निजि स्रोत शिक्षकहरूले बेला बेलामा आफ्नो तलब पाउनु पर्ने माग वि।व्या।स। समक्ष राख्दै आए पनि विद्यालय व्यवस्थापन समितिले आलटाल गर्दै आए पछि आफूहरु वाध्य भएर बैशाख १ गते देखी तालाबन्दी गरिएको शिक्षकहरुले बताएक छन्। ताला बन्दी पछि वि।व्य।स। संगको छलफल अनुसार दस दिन भित्र तलब उपलब्ध गराउने निर्णय भए पनि उक्त समय भित्र तलब दिन नसके पछि पुनः शिक्षकहरुले ताला लगाए पछि अहिले सम्म खुल्न सकेको छैन । संचालनको लागी भनि सा.व. उ. स। बाट छुटाइएको १५ लाख रूपैया ब्याजमा लगाइएको र उक्त रकमको ब्याज बाट बिद्यालको निजि स्रोतको तलब खुलाउने गरेकोमा पछिल्लो समय ब्याजको रकम सामुदायिक वनले उपलब्ध नगराएपछी विद्यालयमा यस्तो समस्या आएको वि.व्या.स. अध्यक्ष बिरेन्द्र बहादुर शाहीले बताउनु भयो ।

उक्त  रकम टुनिसा प्रा लि का डाईरेक्टर श्री प्रभात शाहले प्रयोग गरि ब्याज उपलब्ध गराई निजीस्रोतका शिक्षकहरू लाई तलब खूवाउदै आएपनी पछिल्लो अवस्थामा  सा.व.उ.स.को कागजी प्रक्रिया नमिल्दा जिल्ला वनले  सा ब उ स का सबै सम्पती केहि समयको लागि प्रयोगमा रोक लगाएको थियो । अहिले कागजी प्रक्रिया पनि मिलेको र काठको टेन्डर परिसकेकोले अबको एक दुई दिनमा नै तलब उपलब्ध हुने भन्दै अब यो अबस्था नरहने सिमगजेरी सा।व।उ।स। का अध्यक्ष हरि बहादुर खड्काले बताउनु भयो । सो बिधालयमा तालाबन्दीका कारण पठन पठनपाठन मात्र हैन भर्ना समेत हुन सकेको छैन । निजि शिक्षक र समिती बिचको छलफल पछि विद्यालय तीन दिन मात्र खुलेको र थोरै मात्र विद्यार्थी भर्ना भएको प्र अ कृष्ण कुमारी दसौदी बताउनु भयो ।

उहाँले विद्यार्थीहरु भर्ना हुन आए पनि बन्दका कारण फर्किनु परेको बताउनु भयो । बन्दले करिब ४०० भन्दा बढी विद्यार्थी प्रत्येक्ष मारमा परेका छन । अहिले उक्त विद्यालयमा १ अस्थायी १ नि.मा.वि. र १ प्रा.वि.गरि २ राहत १ स.का. दर्वन्दी र ५ जना निजि स्रोत शिक्षक रहेका छन ।  अहिले टेण्डर भएको काठ ऊठिसके लगतै तलव खुवाउने भनीएपनि काठ ऊठिसक्दा पनी प्रकिया नमिलेको कारण तलव खुवाइएको छैन।  काठ बेचेको रकमले केही बिकास होला भन्यो काठ काट्न,काठ लैजाने बाटो बनाउन र त्यसलाई ठाऊ सम्म पुराउने खर्चमै सिमीत रहने गरे पछि स्थानीय हरुमा निराश छाएको छ । लामो समय देखी काठ सा ब उ स बाट बेचिए पनी नत  त्यसको महत्व झल्कने खालको बिकास भएको छ नत सा ब उ स संग पैसा नै रहेको भन्दै स्याल आयो स्याल आयो फुस्सा भने झै भएको  भैसाही खाने पानीका उपाध्यक्ष अमृत खड्काले बताउनु भयो ।