कास्की, १७ असोज । काठमाडौंबाट बाग्लुङको बुर्तिबाङका लागि छुटेको ग १ ख ६१६९ नम्बरको रात्रीबस दुर्घटना हुँदा पोखराको याम्दीमा दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । दुर्घटनामा परी गुल्मी नेटा २ का दुई बर्षका अर्सित अर्यालसहित दुईजनाको ज्यान गएको हो ।
एकजनाको परिचय खुलीनसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते ३३ जनाको पोखराका मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।
ढोरपाटन यातायात ब्यबसायी संघद्वारा सञ्चालित रात्रीबस सडकबाट सेती नदी किनारमा खसेको हो । अर्को बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित हुँदा दुर्घटना भएको स्थानीयबासिन्दाले जानकारी दिएका छन् ।
