बिकाश डाँगी 
तुलसीपुर,१७ असोज । तुलसीपुरमा आईतवार विभिन्न पसलहरुको उद्घाटन भएको छन । दशैको अवसरमा तुलसीपुर सल्यान रोड स्थित च्वाइस बेवी कलेक्सन, घोराही रोड स्थित धिताल इन्टरप्राइजेज र तुलसीपुर क लाईन मा सहिष्णु सफिङ हाउसको उद्घाटन भएको हो ।

14528481_1045591345561285_690657601_nतर अन्य समयमा गरीने उद्घाटन भन्दा फरक किसीमले गरीएको थियो । पहिले उद्घाटन गर्दा रिवन काटेर गरिन्थ्यो भने हिजो चाही पहिला आफ्नो पसल अगाडिको फोहोर ब्यवस्थापन गरेर मात्र पसल उद्घाटन गरीएको थियो ।

पसल उद्घाटनका प्रमुख अथिती तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिमल रिजालले पहिला पसल अगाडिको फोहोरलाई पसल संचालकहरुलाई झाडु लगाएर सफा गर्न लगाउदै अनि मात्र पसलको उद्घाटन गर्नु भएको थियो । पसल उद्घाटनको क्रममा अध्यक्ष रिजालले भन्नु भयो आफुले यसरी यो अभियान शुरु गर्नुको मुख्यकारण सबैलाई सचेत बनाउनु हो ।

14580321_1045591435561276_483768016_nसबैले यसरी आ आफ्नो पसलहरु सफा गर्ने हो भने तुलसीपुर बजार नै सफा हुन्छ र स्वयंम ब्यापारीहरुलाई नै सजक बनाउने भन्दै यसो गरको बताउनु भयो । यसो भयो भने ग्रिन तुलसीपुर क्लिन तुलसीपुर अभियानमा पनि सहयोग हुने छ ।