बिकाश डाँगी
तुलसीपुर, १७ असोज ।  गत बर्षको फाल्गुन ११ गते रुकुमवाट दाङ तर्फ आउदै गरेको रा १ ख ७३८ नम्बरको बसले सल्यानको बरालामा रा १ ख ८७६ का हेल्परलाई ठक्कर दिई हेल्परको मृत्यु भएपछि जन्मकैद को सजाए भोग्दै आएका चालक हरि अधिकारीकी श्रीमतीलाई आज तुलसीपुरमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सहयोग रकम हस्तान्तरण गरेको हो ।

14536746_1045123865608033_659953969_oसंगठनका अध्यक्ष चुर्ण बहादुर बि.कको अध्यक्षता एवं संगठनका अञ्चल अपाध्यक्ष केशब भण्डारीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रमुख अथिती भण्डारीले राज्यले नै मजदुरहरुमा धेरै अन्याय गरेको बताउनु भयो ।

गाडि इन्ट्री गर्न जादां चालक अधिकारीले गाडि अगाडि बढाउन लाग्दा दुर्घटना हुन पुगेको भन्दै प्रमुख अथिती भण्डारी राज्यले नै चालक अनुमति पत्र दिने र राज्यले नै जेल चलान गर्न गरेको भन्दै यदि यस्तै कार्य जारी राख्ने होे भने आफुहरुले देशब्यापी आन्दोलन गर्न बताउनु भयो ।

कमाउने घरको मान्छे नै कारागार चलान भएपछि चाडपर्वमा अधिकारीका परिवारलाई केही राहत पुगोस भनेर विभिन्न मजदुरहरुबाट ३४ हजार ७ सय ५० र संगठनवाट १० हजार सहयोग गरेको संगठनका सचिब तारा बहादुर बस्नेतले बताउनु भयो । राज्यले नै राम्रोसंग जाचबुझ नगरी सर्वस्व सहित जेल चालन गर्नु कार्य राम्रो नभएको बताउनु भयो ।

राज्यले मजदुर प्रति हेर्ने नजर नै ज्याजदी पुर्ण भएको भन्दै २० बर्ष पहिलेको वाटोमा चालकहरुले अहिले गाडि चलाउनु पर्ने वाध्यताका कारण  नचाहादा नचाहादै दुर्घटना भएको भन्दै आफ्ना श्रीमानको लाइसेन्स हुदां पनि जन्मकैद भएपछि घरमा कमाउने मान्छे नभएपिछ छोरा छोरी बाआमा हेरचाह गर्न समस्या भएको भन्दै आफ्ना श्रीमानलाई छाडि दिन आग्रह गर्नु भयो ।अधिकारीका २ छोरी १ छोरा छन ।