grabapatanदाङ १६ असोज । दाङमा गएको आर्थिक वर्ष २०७२/७३ मा ५ सय ९७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । परिवार नियोजन दाङका प्रर्वन्धक बसन्त खनालले दिएको जानकारी अनुसार औषधी सेवन गरी २ सय ७८ जना र औजारका माध्यम वाट ३ सय १९ जना रहेको जनाएको छ ।

नेपाल सरकारले १२ हप्ता अर्थात ३ महिना सम्मको गर्भ लाई सुरक्षित रुपमा गर्भपतन गराउने मान्यता दिएको छ । असुरक्षित रुपमा रहन गएको गर्भ वा अन्य कुनै कारणले रहेको गर्भ भए पनि पतन गराउने चलन वसेको छ । खनालले दिएको जानकारी अनुसार अधिकाश २५ देखी ३६ वर्ष सम्मका महिलाहरु सुरक्षित गर्भपतन गराउन आउने गरेका छन् ।