14444878_10207206131577991_1476593053845543518_oतुलसीपुर १५ असोज ।   उच्च अदालत तुलसीपुरका कायम मुकायम मुख्य न्याधिस डा. कुलरत्न भुर्तेललाई बिदाई गरिएको छ । शुक्रवार उच्चअदालत वार एशोसियशन तुलसीपुरले एक कार्यक्रमको आयोजना गरि विदाई गरेको हो ।

उच्च अदालत  तुलसीपुरका कामु मुख्य न्यायधिस भुर्तेलको नेपालगंग ईजलास प्रमुख न्यायधिसमा सरुवा भएपछि वार एशोसियसनले विदाई गरेको हो । उच्चअदालतवाट नेपालगंज ईजलासमा शरुवाभई जान लागेका कामु मुख्य न्यायधिस कुलरत्न भुर्तेलले नागरीकलाई न्यायलयसम्म पहुँच ¥याउन वार र अदालतको महत्वपुर्ण भुमिका रहेने भन्दै न्यायलयको गरिमालाई अझ उच्च राख्न वार र अदालतको समन्वयकारी भुमिका निरन्तर रहनुपर्ने वताएका थिए ।

वार एशोसियसनका अध्यक्ष रामशरण चौधरीको अध्यक्षता एवं कामु मुख्य न्यायधिस कुलरत्न भुर्तेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल वार एशोसियसनका पुर्व उपाध्यक्ष गोकर्ण डाँगी, अधिवक्ता प्रदिप कुमार धिताल , विष्णुमणी धिताल लगाएतले वोलेका थिए । कार्यक्रमको सहजीकरण वारका सचिव श्रीराम चौधरीले गरेका थिए ।