एजेन्सी, १३ असोज । भारतीय सैनिकले सीमा क्षेत्रमा आक्रमण गरेपछि पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले त्यसको कडा शब्दमा निन्दा गरेका छन् ।

pakistan-prime-minister-nawaz-sharif-57ecda2eb4ca16-44145054अघिल्लो साता भारत प्रशासित कश्मीरस्थित उरीको सैनिक अखाडामा भएको आतंकवादी हमलापश्चात भारतले आज बिहीबार राती पाकिस्तानी सीमाक्षेत्रमा गोली चलाउदा दुई पाकिस्तानी सैनिक मारिएका छन् । पाकिस्तानी सेनाका अनुसार बिहीबार बिहानको राती २ः३० देखि ८ बजेसम्म भारत–पाकिस्तान सीमामा दोहोरो गोली हानाहान भएको थियो।

रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री शरीफले आक्रमणको घोर भत्सर्ना गर्दै भनेका छन्, ‘हाम्रो मनशाय शान्ति हो, त्यसलाई कमजोर नठानियोस् ।’ शरीफले भारतको आक्रमणलाई खुला अत्याचारको संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘हामी भारतको खुला अत्याचारको कडा शब्दले निन्दा गर्छौँ ।’

उनले आक्रमणमा मारिएका सैनिकलाई श्रद्धाञ्जलि दिदैँ आफ्नो भूमिको रक्षाका लागि पाकिस्तान सदैव तयार रहेको समेत बताएका छन् ।