काठमाडौँ, १३ असोज । भारत पाकिस्थानबीच युद्धको तयारी भइरहेको चर्चा चलिरहदा भारतीय सेनाले पाकिस्तानी सीमा रेखाभित्र प्रवेश गरेर दुई सैनिकलाई मारेको छ । आज बिहीबार बिहानै सीमा क्षेत्रमा भारतीय सैनिक टुकडीसँग भएको गोली हानाहानमा पाकिस्तानका दुई सैनिक मारिएको सञ्चारकर्मीलाई भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले जानकारी दिएका छन् ।

pakistan-ceasefire-620x400गतसाताबाट भारत र पाकिस्तानका बीचमा चर्किएको विवादले अन्तिम रुप लिएको हो । गत साता भारत प्रशासित काश्मीरस्थित उरीमा सैनिक अखाडामा भएको आतंकवादी हमलापश्चात भारतले पाकिस्तानको सीमा क्षेत्रमा नियन्त्रण बढाएपछि विवाद अझ बढी चर्किएको छ।
बिहीबार मात्र पत्रकार सम्मेलन गरेर भारतीय सेनाका लेफ्टिनेन्ट सिंहले भने, ‘यो हमला बुधबार राती गरिएको बताएका छन् ।

जब सीमा नियन्त्रण रेखामा आतंकवादी जम्मा हुँदैछन् भन्ने पक्का जानकारी हामीलाई प्राप्त भयो तब आक्रमण भयो ।’ आज बिहान २ः३० देखि ८ बजेसम्म भारत–पाकिस्तान सीमामा दोहोरो गोली हानाहान भएको थियो ।

पाकिस्तानले भारतीय सेनाले बिना कारण सीमा रेखामा गोली हानेको जनाएको छ । पाकिस्तानी टेलिभिजन मार्फत् प्रधानमन्त्री नवाज शरीफले भारतले खुला अत्याचार सुरु गरेको आरोप लगाएका छन् ।