देउखुरी, २५ बैशाख
सामुदायिक वन उपभोक्ता महासंघ, गढवा इलाकाको भेला हिजो शुक्रवार गढवामा सम्पन्न भएको छ ।  भेलाले इलाका महासंघ अन्र्तगत गढवा र गंगापरस्पुर गाविसमा रहेका सवै सामुदायिक वन समूहहरुलाई आगामी जेठ मसान्तभित्र वन महासंघमा आवद्धता नविकरण गर्ने निर्णय गरेको छ ।feature
यसैगरी वन महासंघको घोराहीमा निर्माणाधिन भवनकालागि गढवा इलाका महासंघले दुइ लाख ५० हजार रुपैया वन समूहहरुबाट संकलन गरी आगामी असार मसान्तभित्र पठाउने निर्णय पनि भेलाले गरेको छ ।

यसैगरी इलाका महासंघको भवन निर्माण कार्यका लागी इलाका महासंघ अन्र्तगतका सवै वन समूह र वन तथा वातावरण संरक्षण समन्वय समिति गढवासँग समन्वय गर्ने निर्णय गरेको छ ।

भेलाले देउखुरीको गंगापरस्पुर ८ बाँकीका अग्निपिडितहरुका लागि घर निर्माणका लागि आवश्यक पर्ने काठ सहज तरिकाले उपलब्ध गराउन सम्वन्धित वन समूह र सरोकारवाला निकायलाई अनुरोध पनि गरेको छ । जेठ १८ गते परेको वन महासंघ नेपालको २१ औ स्थापना दिवस बिबिध कार्यक्रम गरी मनाउने निर्णय भेलाले गरेको छ ।।