काठमाडौं,१२ असोज । साझा यातायातले काठमाडौंबाट दुईवटा लामो रुटमा बस सेवा सुरु गर्ने भएको छ । लामो समयदेखि लामो रुटमा बस सेवा बन्द गरेर बसेको साझा फेरि लामो रुटमा जाने तय भएको हो ।
साझाका बसहरु काठमाडौंबाट गोरखा र बागलुङ जाने भएका हन् । असोज १६ गतेदेखि साझाका बसहरु गोरखा र बाग्लुङको रुटमा सञ्चालन हुन लागेको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेनद्रराज पाण्डेयले जानकारी दिए । काठमाडौं-गोरखा र काठमाडौं-बाग्लुङ रुटमा दैनिक १-१ वटा बसहरु चल्नेछन् ।











