तुलसीपुर ६ गोलौरामा रहेको डिभाईन टेम्पल एकेडेमिका एक जना विद्यार्थीले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामग्रि वितरण गरेका छन । कक्षा ४ मा अध्ययनरत साकार महतराले आफ्नो १० औ वर्षको अवसरमा कक्षा ३ मा अध्ययनरत जिवन परीयार लाई सामग्री प्रदान गरेका हुन ।
एकेडेमिका प्रिन्सीपल भोजराज न्यौपानेको अध्यक्षता तथा विद्यार्थी महतराको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वुवा टोप वहादुर महतरा र आमा गिता महतराको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा निम्न स्तर भएका विद्यार्थी जिवन परीयार लाई लाई कापि , कलम , झोला र दैनिक प्रयोगमा आउने सावुन , ब्रस समेत वितरण गरीएको थियो । सो अवसरमा विद्यार्थीले गरेको अनुकरणिय कामको विद्यालयले प्रसंसा समेत गरेको थियो । कार्यक्रमको सहजिरकण भाईस प्रिन्सीपल खोमराज के.सी.ले गर्नुभएको शिक्षक गोविन्द बस्नेतले जानकारी दिनुभयो ।।
