महेश केसी / रुकुम
रुकुम सदरमुकाम मुसिकोटका सल्ले नजिकै स्यालापाखा गाविस वडा नं. ४ गुजेलढुंगामा रोकिराखेको अवस्थामा निर्माण व्यवसायी संघ रुकुमका अध्यक्ष सुतजंग मल्ल सन्चालक रहेको सुरत कन्टक्सन कम्पनी प्र.ली.को क्याट ३२० डि.टु. नम्बरको डोजरमा गए राती अज्ञात व्यक्तिबाट आगलागी गरी क्षती गरिएको छ ।

सडक विभाग अन्तरगत चौरजहारी सडक डिविजन कार्यालयद्धारा थालिएको सल्ले–गिलबाङ सडक स्तरोन्नतीका लागी काममा रहेको डोजर दिनभरी काम गरी रोकिएको संन्चालन मल्लले जानकारी गारएका छन् । राती ११ बजेतिर आगलागी भईरहेका अवस्थामा स्थानियले देखेपछी प्रहरीलाई खबर गरेका थिए ।
आगलागीबाट डोजरको ईन्जिन भएको मुख्य भाग जलेर काम नलाग्ने भएको छ । जिल्लामा निर्माण कार्य गर्नका लागी जिल्ला वाहिबाट निर्माण व्यवसायी आउने क्रमलाई रोकी जिल्लामै रहेका केही व्यक्तिले डर पैदा गरी एकलौटी गर्ने मनसायका साथ यसो गरेको हुनसक्ने अनुमान सन्चालक मल्लाको रहेको छ । घटना घटेलगत्तै प्रहरी घटनास्थलमा पुगेको भएपनि कसले किन यो घटना घटायो भन्ने बारे थाहा हुन नसकेको र अनुसन्धान जारी रहको जिल्ला प्रहरी कार्यालय रुकुमका निमित्त प्रमुख प्रहरी निरिक्षक थम्मनबहादुर रम्जालीले बताए ।
