इन्द्रेणी संवाददाता

2222घोराही, ११ असोज । नेपालको संमृद्धि र विकासको एउटा महत्वपूर्ण आधार पर्यटन भएकाले यसको विकास गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । पर्यटनको समुचित विकासका लागि सबैमा पर्यटन संस्कृतिको विकास गर्दै लगानीमा बृद्धि गर्नुपर्नेमा उनीहरुले जोड दिए ।

1-1३७ औं विश्व पर्यटन दिवसको अवसरमा नेपाल पर्यटन पत्रकार संघ केन्द्रीय कार्यालय दाङले आज दाङको घोराहीमा आयोजना गरेको राप्ती टरिजम सर्किटको सम्भावना तथा दाङको पर्यटन विकासको अवस्था विषयक अन्तक्र्रियामा बोल्दै सरोकारवालाहरुले राज्यले पर्यटन क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए । राप्ती पश्चिम नेपालको पर्यटनको अत्यन्त सम्भावना भएको अञ्चल भएको उल्लेख गर्दै उनीहरुले यसको विकासका लागि सम्बन्धीत जिल्लाका स्थानीय निकाय तथा सरोकारवाला निकायहरुको समयमै ध्यान जान जरुरी रहेको बताए ।

1-4दाङसहित राप्तीको पर्यटन विकासका लागि यहाँ रहेका पर्यटन क्षेत्रको संरक्षण, विकास र प्रवद्र्धन गर्नुपर्ने र पाँचै जिल्लाका मुख्य मुख्य पर्यटन क्षेत्रलाई जोडने गरेर सडक सञ्जालदेखि आवश्यक भौतिक पूर्वाधारको विकास गर्न आवश्यक रहेको सहभागी सरोकारवालाहरुको भनाइ थियो । राज्यले पर्यटनका नाममा केही बजेट छर्ने काम गरे पनि त्यो प्रयाप्त नभएको र अधुरा पर्यटन विकासका आधारहरुलाई पूरा गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले राप्ती पर्यटनको अत्यन्त सम्भावित क्षेत्र भएपनि हुनुपर्ने जति पहल हुन नसकेको बताए । ‘राप्तीको पाँचै जिल्ला पर्यटनका हिसावले अत्यन्त सभावित छन्, तर कति गर्न सकेका छौं कति गर्न बाँकी छ आजको कार्यक्रमले देखाएको छ’, काफ्लेले कार्यक्रमको सहभागीताको झलक देखाउदै भने । पर्यटन नेपालको विकासको एउटा महत्वपूर्ण एजेण्डा भएको उल्लेख गर्दै यसको विकासका लागि सरकारको समन्वयकारी र निर्देशनात्मक भूमिका र अन्य निकायको सक्रिय सहभागीता हुन आवश्यकको खाँचो रहेको उनले बताए ।

विशिष्ठ अतिथि स्थानीय विकास अधिकारी रमेश गौतमले दाङसहित राप्तीको पर्यटन विकासका लागि लगानी र सक्रियतालाई सँगसँगै लैजानुपर्ने बताए । प्रेसकाउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले पर्यटन विकासका चर्चा धेरै चल्ने गरेपनि हुनुपर्ने जति पहल र समुचित लगानी हुन नसकेको टिप्पनी गरे ।

1-2जिल्ला विकास समिति दाङको सहयोग तथा भिङग्रेली भिलेजको व्यवस्थापनमा भएको कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज वञ्जाडे, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतम, सल्लाहकार केबी मसाल, जिल्ला विकास समिति दाङअन्तर्गत पर्यटन समितिका सदस्य सचिव गोविन्द आचार्य, प्याव्सन दाङका अध्यक्ष यादव गिरी, शिक्षा प्रेमी निमानन्द गैरे, जिल्ला वन कार्यालयका जीवन पंगेणी, पत्रकार निमुसंगम घर्तीलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा पर्यटन पत्रकार संघका अध्यक्ष धनीराम शर्माले विषय प्रवेश गराएका थिए भने सहजीकरण महासचिव केशरमान विसीले गरेका थिए ।