सिसहनियाँ २४ वैशाख ।
शंकर सामुदायिक वन उपभोक्ता समुह सिसहनियाँ ४ पिपरीलाई शुन्य चरिचरन क्षेत्र घोषणा गरिएको छ । वन संरक्षण गर्न र बढ्दो जलवायु परिवर्तन न्युनीकरण गर्न नर्ती सामुदायिक वन समन्वय समिति र सामुदायिक वनको संयुक्त आयोजनामा वनलाई शुन्य चरिचरन क्षेत्र घोषणा गरिएको हो ।
वन क्षेत्रको ४९९.२७ हेक्टर क्षेत्रफल रहेको सामुदायिक वनलाई प्रमुख अतिथि जिल्ला वन कार्यालय दाङका वन अधिकृत नवराज काफलेले वन क्षेत्रलाई शुन्य चरिचरन क्षेत्र घोषणा गर्नुभएको हो । शंकर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तुलाध्वज मल्लको अध्यक्षता एवम् जिल्ला वन कार्यालय दाङका वन अधिकृत नवराज काफलेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा तराई भुपरिधि कार्यक्रम तालकी लक्ष्मी चौधरी, नर्ताी इलाका वन महासंघका अध्यक्ष हरि भुषाल, नर्ती सामुदायिक वन समन्वय समितिका अध्यक्ष टंकनाथ चौधरी, शंकर सामुदायिक वनका सल्लाहाकार खिमबहादुर केसी र पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताले बोल्नु भएको थियो । समन्वय समितिका उपाध्यक्ष लक्षमणपवन शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समन्वय समितिका जिवलाल खनालले गर्नु भएको हो ।।
