रेणु डिसी
घोराही, २४ बैशाख
दाङमा आज कुटपिटबाट एकजनाको ज्यान गएको छ । लक्ष्मिपुर गाबिस २ भैसकुर निबासि करिब ६७ बर्षिय ईश्वर दमाईको कुटपिटबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएपि प्रकाशराज शर्माले जानकारि दिनुभएको छ ।feature

गएराति करिब २ बजेको समयमा बृद्धलाई कुटपिट गरिएको थियो । कुटपिटबाट घाईते बृद्धको राप्ति उपक्षेत्रिय अस्पताल घोराहीमा उपचारको क्रममा बिहान साढे ५ बजे ज्यान गएको हो । गयराति स्थानीय युवाहरु मिलेर तास खेल्ने क्रममा विवाद उत्पन्न भएको थियो ।

युवाहरुसँग तास खेल्ने क्रममा मृतकका छोरासँग विवाद उत्पन्न भएको र तास खेल्ने स्थानबाट भागेका मृतकका छोरालाई पछ्याएका युवाहरुको आक्रमणबाट दमाईको मृत्यु भएको डिएसपी शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार घटनामा संलग्न रहेको आशंकामा स्थानीय तीनजना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ ।।