वर्दिया, ९ असोज । बर्दियाको गुलरियामा शान्तिका लागि स्थानीय साझेदारी परियोजनाका बारेमा सरोकारवालाहरुलाई जानकारी गराइएको छ ।
दलित महिला उत्थान केन्द्र गुलरियाको आयोजनामा भएको परियोजना अभिमुखीकरण तथा समन्वय बैठकमा दलित महिला उत्थान केन्द्रका कार्यक्रम संयोजक देविका केसीले परियोजना बर्दियाको राजापुर नगरपालिका सहित पाँचवटा गाविसमा संचालन हुने जानकारी दिइन् । उनले सेप्टेम्बरबाट सुरु भएको कार्यक्रम राजापुर नगरपालिका सहित पाताभार, गोला, पशुपतिनगर, मनाउ र खैरीचन्दनपुर गाविसमा डिसेम्बरसम्म संचालन हुने बताइन् ।
कार्यक्रममा युएनडिपीका क्षेत्रीय संयोजक शिव विश्वकर्मा, नागरिक समाज संजालका संयोजक बालकृष्ण ओली, जिविसका पार्वती पण्डित, जिल्ला शिक्षा कार्यालयका टिकानाथ गोसाइँ, नेपालपत्रकार महासंघका मिनराज शर्मा लगायत विभिन्न राजनीतिक दल र संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम दलित महिला उत्थान केन्द्रकी अध्यक्ष विमला विकको सभापतित्वमा सम्पन्न भएको हो ।











