देउखुरी, ७ असोज । गंगापरस्पुर गाबिस वडा नम्बर ६ मा रहेको च्यूरीघाट सामुदायीक वन उपभोक्ता समुह कक्रहवावाट अवधैरुपमा सालको काठ ओसार पसार गर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।
pakrau
पाँच वटा घप्पु ओसारपसार हुदै गरेको अवस्थामा रहेका पाँच जना मध्य चार जना भागेको र एक जना पक्राउ परेका हुन् ।

गढवा गाविस वडा नम्बर ३ झालीगाउँ निवासी ३३ वर्षिय रमेश चौधरीलाई गढवा सेक्टर वन कार्यालय, ईलाका वन कार्यालय र च्यूरीघाट सामुदायीक वन समुहको संयुक्त गस्ति टोलीले राती सालको घप्पु ओसार पसार गर्दै गरेको अवस्थामा काठ सहित पक्राउ गरेको हो ।

तस्करहरु सगँ ईलाका प्रहरी कार्यालय गढवाका घुमुवा प्रहरीको मिलोमतो रहेको समेत खुल्न आएको छ । हरेक हप्ता ति तस्करहरुले प्रहरीलाई पाँच सय रुपैयाँ वुझाउने गरिएको पक्राउ परेका ब्यक्तिले गस्ति टोली समक्ष स्विकार गरेका छन् ।।