जनक नेपाली
दाङ । राजपुर ९ भौवानाका निवासी पत्रकार छत्र परियार वचाउँ अभियान अन्तरगत ‘के तपाई सय रुपैयाँ’ छ – अभियान दाङमा सुरु गरिएको छ । घोराही नगरपालीकमा कार्यरत घोराही १० कपासी निवासी राधा रिजालले अभियानका संयोजक जनक नेपालीलाई एक सय पचाँस रुपैयाँ हस्तान्तर संगै अभियानको सुरु गरिएको थियो ।

14409615_1047716632016256_7345657340537780777_o

अभियान सुरु भएसंगै परियारको उपचारका लागि पत्रकार महासंघ दाङका अध्यक्ष सूदीप गौतम , महासंघ दाङका पुर्वउपाध्यक्ष एवं प्रेस सेन्टरका केन्द्रिय सदस्य नरेन्द्र केसी, पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रियासन, अधिकारकर्मी विनोद केसी, इन्द्रेणी अनलाइनका प्रधान सम्पादक केशरमान बुढाथोकी, पत्रकार निशानदाजु भट्राई, कालागाउँ ७ सल्यान हाल घोराही ११ बस्ने चन्द्राबस्नेत, युवा व्यावसायी महेन्द्र वुढाथोकी, अनिता केसीले एक सय/एकसय रुपैयाँ संयोजक जनक नेपालीलाई हस्तान्तर  गर्नुभएको थियो । 14355036_1196333333763337_8407328655235859272_n

परियारको उपचारका लागि  हाल सम्म एकहजार सय पचाँस रुपैयाँ सहयोग सङकलन गरिएको छ । त्यस अवसरका पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमले यो अभियान सानो देखियता पनि यसले ठुलै महत्व बोकेको वताउँनुभयो । समाजमा पछाडी पारिएका वर्ग समुदायका लागि पत्रकारिताले गरिवहरुको आवाज बनेर बोलेको उल्लेख गर्नुभयो । यस्तै पुर्व उपाध्यक्ष नरेन्द्र केसी छत्रको उपचारका  सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

14390900_1196333363763334_4279209665955118355_nआर्थिक अबस्था कमजोर हुदाँ क्यान्सर पिडित परियारको ज्यान गुमाउने अबस्थामा पुगेको बताउँदै त्यसका लागि सबैले सहयोग गर्नु अपिल गरिएको छ । पत्रकारीतासंगै साङ्गितिक क्षेत्रमा  लागेका परियार अहिले क्यान्सरबाट पीडित भएर काठमाण्डौ स्थित टिचिङ अस्पतालको शैयामा छन ।

14433047_1196333310430006_8210773786507189529_nअस्पतालमा उपचार त भइराखेको छ तर आर्थिक अभावले उनलाई अस्पतालले थप उपचार गर्न अस्वीकार गरेपछि  उनले जीवनको भिख मागिरहेका छन । काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचार गराइरहेका उनी थप उपचार गर्ने पैसा नभएपछि विरामी अवस्थामै अस्पताल छाडेर घर आउने तरखरमा छन ।

14446038_1196338167096187_2018176367362805542_nदैनिक ५ हजारको दरले उपचार गराउनु पर्ने उनी श्रीमती पिमा परियारले वताउानुभयो । –‘अहिले औषधी खानलाई पैसा समेत छैन । अस्पतालमा दैनिक तीन /चार हजारको औषधी र दैनिक हजार रुपैयाँको वेडचार्ज कसरी तिर्ने त्यसले सबैलाई सहयोग गर्न आग्रह गर्नुभभएको छ । सहयोग गर्नका छत्र परियारको दाङ घोराही स्थित हिमालय बैङ्को खाता नं. २०४०६०८९६७००१६ मा सहयोग रकम पठाईदिन हुन आग्रह पिमाले सवैमा आग्रह गर्नुभएको छ ।