इन्द्रेणी संवाददाता
तुलसीपुर, ७ असोज । तुलसीपुरको पव्लिक ज्ञानज्योति उमाविमा नेविसंघको नयां कार्यसमिति गठन भएको छ । विद्यार्थी तथा नेविसंघ नेताहरुको आज भएको भेलाले शुभम शर्माको अध्यक्षतामा नयां ईकाइ समिति गठन गरेको हो ।
कार्यसमितिको वरिष्ठ उपसभापतिमा वसन्त डाँगीलाई चयन गरिएको छ । त्यस्तै जसको उपाध्यक्षमा आदर्श हमाल, स्याने गुरुङ र महिला उपाध्यक्षमा सरिता विक, सचिवमा शुदर्शन खत्री, सहसचिवमा केशव केसी र सिमा वुढाथोकी, कोषाध्यक्षमा जितेन्द्र वली र सह कोषाध्यक्षमा अरुण वली चयन भएका छन् ।
भेलाले शिव भण्डारीलाई वरिष्ठ सल्लाहकारमा चयन गरेको छ । भेला एकराज खड्काको अध्यक्षता एवं नेविसंघ जिल्ला सहसचिव जितेन्द्र प्रकाश वलीको प्रमुख आतिथ्यमा भएको थियो ।