लक्ष्मण रसाइली /कुवेत
काठमांडौ स्थित फोकस नेपाल ओभरसिज म्यानपावर मार्फत लाखौं कमाउने र घरपरिवारलाई खुशी राख्ने सपना बोकेर जनवरी महिनामा कुवेत आएका २२ जना नेपाली कामदारहरुलाई विगत चार महिनादेखि न काम न तलब गराइएपछी दैनिकी गुजारा चलाउन गाह्रो पर्नुको साथै बिचल्लीमा परेका छन् ।

14454574_302660626773879_1335640883_nपीडित कामदारले रुँदै भनें -‘ हाम्रो भिसा पनि कम्पनीले लगाइदिएको छैन। ‘ कुवेत एन्ट्री भिसाको मिती सिद्धिएपछी तीन महिने ख्रुज भिसा लगाएको थियो त्यो पनि मिती सकिएकोछ, बिरामी पर्दा उपचार गराउन कठिन भएको र कोठाभित्रै बिमारलाई च्यापेर बस्नु परेको दुखेसो गर्नुभयो।

यस्तै तपाइहरु जस्ता सहयोगी मन भएका साथीहरुले सहयोग गर्नुभयो भने हामीले खानेहो नत्र नालामा आएको पानी पिएर बस्नु पर्ने स्थिती आएकोछ भनेर अर्का एक जना श्रमिकले भनेपछी उपस्थित सबैका आँखा रसाएका थिए।  केही दिन अगाडी एक समाचारद्वारा २२ जना नेपाली कामदारहरु कुवेतमा अलपत्र परि बिचल्ली परेका छन् भन्ने कुरा थाहा पाएपछी नेपाली जनएकता सेवा समाजको प्रतिनिधीमण्डल,लुलु साल्मिया,लुलु अलराई र लुलु इगैलामा कार्यरत नेपाली साथीहरुको संयुक्त टोलीले आज त्यहाँको ठेगाना सोध्दै र खोज्दै पिडीतहरुको यथास्थितीबारे अनुगमन गर्न पुगेको थियो । अनुगमन मा ती पीडित हरुलाइ राशन समेत बितरन गरेको छ।