तुलसीपुर, ६ असोज । सामिजिक सेवा दिवसको अवसरमा मानव अधिकार तथा शान्ती समाजले तुलसीपुरमा दिप प्रज्वलन गरेको छ । तुल्सीपुरमा रहेको शान्ति स्मारकमा सामाजिक सेवा दिवस र विश्व शान्ती दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ ।

14429410_1035983476522072_1456456870_nसमाजका उपाध्यक्ष तुलसीराम सुनारको अध्यक्षता तथा सल्लाहकार प्रमोद न्यौपानेको आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा वोल्ने वक्ताहरुले दिवसले सेवाभावलाई जागृत गर्ने र समाज सेवा गर्ने भावना बढाएर लैजाने वताएका थिए । उनीहरुले यस्ता खाले प्रेणदायी दिवसहरुले महत्वपुर्ण भुमिका खेल्ने वताएका थिए ।

कार्यक्रममा पुर्व अध्यक्ष निर्मल नेपाली, तुलसीपुर नगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेल, नेपाल पत्रकार महासंघ दाङका कार्य समिति सदस्य गोपाल शर्मा भट्टराई, बालाराम खडका, रासस प्रमुख नारयणी रजौरे, अपाङअधिकारकर्मी यज्ञ विक लगायतकाले वोल्नु भएको थियो । कोषाध्यक्ष निर्मला योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद कार्य समिति सदस्य नविन पोख्रेलले दिनु भएको थियो । भने सञ्चालन सचिव शरद रेग्मीले गर्नु भएको थियो ।