निरला अर्याल गैरे
तुलसीपुर, ६ असोज । यहाँका बालबालीकाहरुले तुलसीपुर क्षेत्रका सरकारी कार्यालय, स्थानीय निकाय र संस्थानहरुमा अवलोकन गरेका छन् । बालबालीकाहरुलाई श्रममा लगाउनु दण्डनिय अपराधहो भन्दै तुलसीपुर क्षेत्रका बालबालीकाहरुले सो अवलोकन गरेका हुन ।
विभीन्न श्रममा लागी हाल अनौपचारीक शिक्षामा अध्यन गरीरहेका उनीहरुले सो कार्यालय र संस्थामा पुगी कार्यालयको काम कारवही र बालबालीकाको क्षेत्रमा उक्त संस्था कार्यालयले पु¥याएको सेवा सुविधाको वारेका जानकारी लिएको डिएनजीओसीसीका कार्यक्रम संयोजक राजेन्द्र विकले जानकारी दिनुभएको छ ।
विद्यालय शिक्षाबाट बन्चीत र श्रममा संलग्न रहेका बालबालीकाहरुलाई शिक्षाको पहुँचमा पु¥याउन र नगरलाई बालमैत्रि नगर घोषणा गर्न तुलसीपुर नगरपालिका र यूनिसेफको साझेदारीमा डिएनजिओसीसीको आयोजनामा संचालन गरीएको शहरी बालकेन्द्रीत शिक्षा सञ्चालन भईरहेको स्थानीय बालमैत्रिक साशानका फोकल पर्सन टोपबहादुर डाँगीले जानकारी दिनुभएको छ । सो विद्यार्थीहरुले विभीन्न सयममा विभीन्न सेवा प्रदायीक कार्यालयमा यसरीनै प्रत्यक महिनाको एकपटक प्रत्यक्ष अवलोकन गराउने गरेको बालशिक्षाका सहजकर्ता विमला शर्माले जानकारी दिनुभएको छ ।
बालबालीकाहरुले ट्राफिक प्रहरी कार्यालय तुलसीपुर, इलाका प्रहरी कार्यालय, राप्ती अंचल अस्पताल, तुलसीपुर खानेपानी सरसफाई उपभोक्ता संस्था, तुलसीपुर नगरपालिका, नेपाल टेलीकम कार्यालय, संचार संस्थाहरु, वित्तिय संस्थाहरुको अध्यन अवलोकन गरेको सुपरभाईजर पिंकी बुढाले जानकारी दिनुभएको छ ।
सो आवसरमा अंचल अस्पतालले श्रममा लागेका बालबालीका, अनाथ, सिमान्तकृत, तथा अतिविपन्न बालाबालीकाहरुलाई निशुल्क उपचार सेवा दिने अञ्चल अस्पतालले सो अवसरमा प्रतिवद्धता गरेको बताएको छ । हाल संस्थाले नगरका श्रमीक बालबालीका को वाहुल्यता भएको स्थानमा कक्षा सञ्चालन गरेको छ ।
उक्त कक्षामा एकसय ५० जना बालबालीकाहरुले अध्यन गरीरहेका छन् । उनीहरुमध्य ४७ जना बालबालीकाहरुलाई विद्यालयमा भर्ना गरीएको छ । त्यसैगरी सो बालबालीकाहरुलाई हाम्रो पहुँच रेडियोले प्रत्यक शुक्रवार आफना प्रतिभाहरु प्रस्तुत गर्ने अवसर दिने रेडियोका इटेशन म्यानेजर बसन्त पौडेले जानकारी दिनुभएको संस्थाकी सचिव भुमिसरा विकले जानकारी दिनुभएको छ ।