
दाङ, ६ असोज । राप्तीका दुर्गम जिल्लाहरुमा दशै अगाडि नै चामल पठाईने खाद्य संस्थान राप्तीले जनाएको छ । खाद्य संस्थान अञ्चल डिपो राप्तिले रुकुम र डोल्पाका बिभिन्न ६ स्थानमा खाद्यान्न पठाउने तयारि गरेको हो ।
खाद्यान्न ढुवानिमा सरकारले सहयोग गर्ने खाद्य सस्थान अञ्चल डिपो कार्यालय राप्ती तुलसीपुरका कार्यालय प्रमुख शेखर पौडेलले जानकारी दिनुभयो ।
चालु आर्थिक बर्षकालागि रुकुमको मुसिकोट बाहेकका डिपोमा चामल ढुवानी गर्न टेण्डर आह्वान गरिएको छ । ढुवानी कर्तासंग सम्झौता समेत भईसकेको छ । त्यसैले दशै अगाडि भामल ढुवानी सुरु गर्ने तयारीमा कार्यालय रहेको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।।
