दाङ, ६ असोज । नौमुरे जलविधुत आयोजनाको सम्भाब्यता अध्ययन शुरु भएको छ । पटक–पटक स–साना समभाब्यता अध्ययन गरेर बीचमै अलपत्र परेको नौमुरे जलबिद्युत्त आयोजनाको अध्ययन शुरु भएको हो । स्वदेशि लगानिमै निर्माण अघि बढाउने नेपाल सरकारको निर्णय अनुसार यसपटक सरकारले नौमुरेको सम्भाब्यता अध्ययन शुरु गरेको हो ।
upper-madi-hydro1
यसअघि बिद्युत्त प्राधिकरण, सिचाई बिभाग, जाईकालगाएतका सस्थाले स–साना अध्यया गरे पनि सरकारी बजेट बिनियोजन गरेर नेपाल सरकारको पुर्ण लगानिमा सम्भाब्यता अध्ययन शुरु गरिएको यो पहिलो पटक हो ।

मुलुक संघिय संरचनामा गएसंगै नौमुरेलाई प्रदेश नं ५ को प्रमुख जलबिद्युत्त आयोजनाको रुपमा अघि बढाउने सरकारको तयारि अन्र्तगत सम्भाब्यता अध्ययन शुरु भएको हो । प्युठान र अर्घाखाचीको सिमानामा पर्ने नौमुरेमा बिद्युत्त बिकास बिभागको अगुवाईमा परामर्श र बिज्ञहरुले सम्भाब्यता अध्ययन गरिरहेका छन् ।।