इनरुवा, ५ असोज । केही दिन पहिले डुंगा पल्टिएर मान्छेको ज्यान गएपछि सप्तकोसी नदीमा तत्कालका लागि डुंगा सञ्चालनमा रोक लगाइएको छ । पछिललो समयमा बारम्बार दुर्घटना हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले डुंगा सञ्चालनमा रोक लगाएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले डुङगा सञ्चालनलाई व्यवस्थित बनाउन अर्को निर्णय नहुञ्जेलसम्मका रोक लगाउने निर्णय गरिएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।
जिल्लाको श्रीलङ्का टापुबाट प्रकाशपुरतर्फ आउँदै गरेको डुङ्गा शनिबार मात्रै सप्तकोसीमा दुर्घटना हँुदा बेपत्ता भएकामध्ये नौ जनाको अवस्था अझै अज्ञात छ ।











