लमजुङ, ५ असोज । लमजुङको पाचोक र गौंडा गाविसको सिमानामा पर्ने किसेदी खोलाले बगाउँदा गएराति २ जनाको मृत्यु भएको छ ।

floodखोलाले गौंडा १ ओखरी गाउँका अन्दाजी ५२ बर्षीय जुठे गुरुङ र पाचोक ५, फोर्जुङ गाउँका ११ बर्षीय सुजन गुरुङलाई खोलाले बगाएको स्थानीयले बताएका छन् । प्रहरीका अनुसार खोलाले बगाएका दुवैजनाको मृत्यु भएको हो ।

दुबै जनाको परिवार हाल गौंडा १, आलेगरामा बस्दै आएको र मासु लिन भनी नौथरको जितौरे गएर फर्कने क्रममा खहरेबगरबाट खोलाले बगाएको स्थानीय नेत्रबहादुर गुरुङले बताए । खोलाले दुबैलाई करीब ५ सय मीटर बगाएर लगेको र उनीहरु मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।