काठमाडौं, ५ असोज । वि.सं. २०७२ को मदन पुरस्कार कथाकार रामलाल जोशीको कथा संग्रह ‘ऐना’ ले हात पारेको छ  ।
ramlal-511x330
डोटीमा जन्मिएका रामलाल धनगढीमा बस्दै आएका छन् । मदन पुरस्कार गुठीको मंगलवार बसेको बैठकले लेखक जोशीको ‘ऐना’लाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको बताइएको छ ।

बैठकले लीलाबहादुर क्षेत्रीलाई जगदम्वा पुरस्कार प्रदान गर्ने निर्णयसमेत गरेको छ ।